पोखरासहित देशभर गर्मी बढ्दै, कहाँकाे तापक्रम कति ?

Share:

पोखरा । पानी पर्न कम भएसँगै देशभर गर्मी बढ्दै गएको छ। अहिले पानी पार्ने प्रणाली कमजोर बनेकाले देशभर मौसम सफा रहेको मौसमविद्ले बताएका छन्।

प्रि-मनसुन जारी रहे पनि अहिले मौसम बदली गर्ने ‘सिस्टम’ सक्रिय नरहेकाले देशभर तापक्रम बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्को भनाइ छ।आउने तीन दिनसम्म खासै मौसम बदली हुने सम्भावना देखिएको छैन्।

मौसमविद् मञ्जु बासीका अनुसार आज बिहान साढे ८ बजे लिइएको मापनमा पोखराको तापक्रम १८ दशमलव २ डिग्री सेल्सियस पुगेको छ। काठमाडाैंकाे तापक्रम २३ डिग्री सेल्सियस छ।

यस्तै धनकुटाको बिहानको तापक्रम १८ दशमलव ६ डिग्री सेल्सियस, दिपायलको १९ दशमलव २ डिग्री सेल्सियस, विरेन्द्रनगरको २० डिग्री सेल्सियस मापन गरिएको छ। यो तापक्रम अझै बढ्नसक्ने मौसमविद्को अनुमान छ।

यसअघि हिजो पोखरा र आसपासका क्षेत्रमा भीषण असिनापानी परेको थियो। अहिले देशभर मौसम सफा रहे पनि साँझपख पहाडी भेगमा मौसम बदली भइ वर्षा हुने सम्भावना रहेको मौसमविद् बासीले बताइन्।

कमेन्ट गर्नुहोस्
Share: