गोरखामा जन्ती गएका युवकको कुटपिटबाट मृत्यु, १२ जना पक्राउ

Share:

गोरखा। गोरखामा अपरिचित समूहको कुटपिटबाट एकजनाको ज्यान गएको छ । पालुङटार नगरपालिका–४ स्थित कुमाल गाउँमा अपरिचित समूहको कुटपिटबाट राईनासकोट नगरपालिका–४ अल्काटारका ३५ वर्षीय बिष्णु बहादुर कुमालको ज्यान गएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका कुमालको स्थानीय तेज मेडिकल हुँदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा ल्याउँदै गर्दा मृत्यु भएको हो ।

सोही ठाउँस्थित जन्ती गएका कुमाललाई बेहुली लिएर फर्कने क्रममा स्थानीय युवाहरुको समूहले मादक पदार्थ सेवन गरी कुटपिट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

युवती जिस्क्याएको निहुँमा कुटपिट भएको बताइए पनि त्यस्तो नरहेको गोरखाका एसपी भोला रावलले बताए । प्रहरीले कुटपिटमा संलग्न शंकास्पद पालुङटार नगरपालिका–५ बस्ने १२ जनालाई पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: