फाइनलमा पुग्न सन्दिपको दिल्ली चेन्नईसँग भिड्दै

Share:

एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को दोस्रो क्वालिफायर खेलमा शुक्रबार दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्सको सामना गर्दैछ ।

पहिलो इलिमिनेटर राउन्डमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको दिल्लीको खेलमा जित निकाल्दै फाइनल प्रवेश गर्ने योजनामा छ । दिल्ली र चेन्नईबीचको खेल नेपाली समय अनुशार ७ः४५ मा सुरु हुनेछ ।

नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम दिल्लीले फाइनलमा स्थान बनाउँदै नयाँ इतिहास बनाउने योजनामा छ । यद्यपि सन्दिप आजको खेलमा प्लेइङ्ग सेटमा पर्ने नपर्ने निश्चित भने छैन ।

दिल्लीलाई समूह चरणको खेलमा चेन्नईले ८० रनले पराजित गरेको थियो ।

समुह चरणका खेलहरुमा पाएको सफलताले चेन्नईलाई आजको खेलमा जित निकाल्न हौसला प्रदान हुनेछ । यता दिल्ली समुह चरणमा व्यहोर्यको हारको बदला दिने पक्षमा हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: