प्रथम मिस दशनामी नेपाल हुने, विजेतालाई दुई लाख बरावरको पुरस्कार

Share:

पोखरा ६ असोज । नेपालमै पहिलो पटक मिस दशनामी नेपाल आयोजना हुने भएको छ । दशनामी यूवा समाज नेपाल कास्कीको आयोजनामा नेपालमै पहिलो पटक मिस दशनामी नेपाल २०७१ आयोजना गर्न लागेको सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

दशनामीको कला, संस्कृती र पहिचान संक्षण र प्रर्वधनमा टेवा पुर्याउने उदेश्यले ‘दशनामीको कला, संस्कृतिको संरक्षण गरौ, राष्ट्रिय एकता र जातीय सद्भाव कायम गरौ’ भन्ने मुल नारा सहित पहिलो मिस दशनामी नेपाल २०७१ गर्न लागेको पत्रकार सम्मेलनमा दशनामी यूवा समाज नेपाल कास्कीका अध्यक्ष एकराज गिरीले जानकारी दिए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा मंसिर २७ गते गर्ने तयारी गरिएको उनल्े जानकारी दिए । प्रतियोगितामा २१ जना प्रतिस्पर्धीले अन्तिम प्रतिस्पर्धामा सहभागीता जनाउने छन् ।

प्रतियोगिताको विजेताले २ लाख वरावरको पुरस्कार प्राप्त गर्ने अध्यक्ष एवं प्रतियोगिता संयोजक गिरीले जानकारी दिए । प्रतियोगितामा दशनामी समाजका अविवाहित १६ देखि २६ वर्षसम्मका एसएलसी उत्तिण यूवतीहरुले सहभागीता जनाउन पाउने छन् । प्रतियोगिताको लागी फर्म खुल्ला एक साताभित्र गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिताका लागी दशनामीहरुको बस्ती रहेका मुख्य शहरहरुमा अडिन गरिने उनले बताए । दशनामी भित्र गिरी, पुरी, भारती, वन, तिर्थ, पर्वत, सागर, सस्वती, आश्रम र आरण्य पर्ने नेपाल दशनामी समाज कास्कीका अध्यक्ष रमेश गिरीले बताए । ‘कार्यक्रमले भाइचारा अभिबृद्धि गदेै दशनामीको कला र संस्कृतिको जर्गेना गर्न महत्वपूर्ण भुमिका खेल्ने छ र दशनामी चेलीहरुभित्र रहेको प्रतिभा उजागर गर्न सहयोग पुग्ने छ ।’ अध्यक्ष गिरीेले भने

समुदायकको कला, सस्कृती र रीतीरिवाजको वारेमा जानकारी गराई, त्यसको संरक्षण र प्रर्वधनमा टेवा पुर्याउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको सचिव अर्जुन गिरीले जानकारी दिए । दशनामी समुदायको बसोवास नेपालका मुख्य शहरहरु पोखरा, काठमाडौ, बुटबल सहित ७४ ओटा जिल्लामा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । दशनामीको देशभर करिव ३ लाख जनसंख्या रहेको बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव २४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको अध्यक्ष एकराज गिरीले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
Share: