
पोखरा । पोखराको सिर्जनाचोकमा १५ महिनाभित्र आकाशे पुल बन्ने भएको छ। पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष ०७५/०७६ भित्र नै काम थाल्ने गरी आकाशे पुल निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो।
महानगरले भ्याटसहित २ करोड ३० लाख ११ हजारमा केएम-जेबिएन-पोखरा जेभीले ठेक्का दिएको छ । ठेकेदार कम्पनीसँग जेठ ५ गते महानगरले सम्झौता गरिसकेको छ ।
सवारी चापका कारण व्यस्त रहने गरेको सिर्जनाचोकमा पैदलयात्रीको आवागमनमा सहजता ल्याउन पुल निर्माण गरिन लागिएको हो । पुल आगामी १५ महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पुल बनेपछि ट्राफिक व्यवस्थापनमा थप सहज हुने विश्वास लिइएको छ ।
कमेन्ट गर्नुहोस्
