किन आकाशमै बिताउदै छन् मोदीले शपथ ग्रहणपछि ५५ घण्टा ?

Share:

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बिहीबार) साँझबाट दोस्रो कार्यकाल सुरु गर्दैछन् । स्थानीय समयानुसार साँझ ७ बजे उनले शपथ ग्रहण गर्ने कार्यक्रम छ ।दोस्रो कार्यकालको पहिलो महिना उनी विदेश भ्रमणका क्रममा विभिन्न तीन मुलुक पुग्ने भएका छन् । मोदीले आफ्नो पहिलो विदेश भ्रमणका रुपमा माल्दिभ्सलाई रोजेका छन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार ७ र ८ जुनमा उनले माल्दिभ्स भ्रमण गर्ने कार्यक्रम छ । दोस्रो विदेश भ्रमणका रुपमा १३ र १४ जुनमा उनी किर्गिस्तान जानेछन् ।महिनाको अत्यतिर २८ र २९ जुनमा मोदी जापान जानेछन् । ‘जी–२० शिखर सम्मेलन’ मा सहभागी हुन उनी जापान जाने बताइएको छ । ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको पहिलो एक महिनामा विदेश भ्रमणमा ६ दिन बित्नेछ । उक्त ६ दिनमध्ये उनी दुई दिनभन्दा बढी अर्थात् ५५ घण्टा आकाशमै बिताउनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: