
पोखरा । पोखरा क्रिकेट रंगशालाको स्तराेन्नतिका लागि गण्डकी प्रदेश सरकारले २ करोड बजेट छुट्याइएकोमा खेलप्रेमीहरुले स्वागत गरेका छन् ।
गण्डकी प्रदेश सरकार र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्री किरण गुरुङलाई धन्यवाद दिँदै क्वीन्स इभेन्ट मेनेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा गण्डकी प्रदेश सरकारले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानको स्तर उन्नतिका लागि रु २ करोड विनियोजन गरेकोमा गण्डकी प्रदेश सरकार, माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ज्यु र माननीय अर्थमन्त्री ज्युलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा पोखरा क्रिकेट मैदानका लागि २ करोड विनियोजन गरेको हो । २०७५ मा पीपीएलको पहिलो संस्करण त्यही मैदानमा आयोजना भएको थियो । उक्त प्रतियोगितामा नेपालका विभिन्न शहरका ६ वटा टिमले सहभागीता जनाएका थिए ।

