गोरखामा एक महिलाको शव फेला

Share:

गोरखा । गोरखाको पालुङटार नगरपालिका ५ बन्देरी टोलमा स्थानिय एक महिला मृत भेटिएकी छन् ।

शुक्रबार वर्ष ६५।६६ की देवीमाया अधिकारी घर नजिकै रोडको छेउमा खनेको नालामा मृत अवस्थामा भेटिएकी हुन् ।

 स्थानियबासीले खबर गरे पछि उक्त स्थानमा प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: