गोरखाको दरौदी नदीमा डुबेर किशोरीको मृत्यु, दुई बेपत्ता

Share:

गोरखा । गोरखाको पालुङटारस्थित दरौदी नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ । खोप्लाङको मसानेपाटीस्थित दरौदी नदीमा पौडी खेल्न गरेकी १४ वर्षीया सरिता गुरुङको डुबेर मृत्यु भएको हो ।

उनको शव हिजो साँझ भेटिएको प्रहरीले जनाएको छ । पौडी खेल्न गएका ११ वर्षीय अस्विन विक र ११ वर्षीय राजन श्रेष्ठ भने बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: