दशैंको १५ दिनमा सवारी दुर्घटनाबाट १ सय ३८ जनाको मृत्यु

Share:

काठमाण्डौ २२ असोज । दशैं सुरु भएको घटस्थापनादेखि पुर्णिमा (मंगलबार ) सम्ममा देशभर १ सय ३८ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बस, ट्रक, टेम्पो, कार मोटरसाईकल लगायतका सवारी दुर्घटनामा परेर उनीहरुको ज्यान गएको हो ।

त्यसमा ९० पुरुष, ३८ महिला, ३ बालक र ८ बालिको ज्यान गएको हो । २ सय ४४ जना गम्भीर घाइते भएका छन् । अघिल्लो बर्षको दशैंमा ७० जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका थिए । घटस्थापनापछि शहरबाट गाउँमा दशैं मनाउन जानेको घुईचो र गुणस्तरहिन सडकका कारण दुर्घटना भएको हो ।

प्रहरी मुख्यालयको कार्य बिभाग प्रमुख अतिरिक्त महानिरीक्षक ९एआईजीपी० गणेशराज राई दशैंका बेला क्षमता भन्दा बढी यात्रु बोकेर हिड्ने गरेका सवारी साधनहरु बढि दुर्घटनामा पर्ने बताउँछन् । कच्ची सडकमा क्षमता भन्दा बढि यात्रु र थोत्रा बसहरु चलाउँदा दुर्घटना बढि हुने गरेको होु, उनले भने गाउँका कतिपय कच्ची सडकमा प्रहरी कार्यायल पनि हुदैनन्, नत प्रहरी नै पुग्छन् ।

Accident-497x430

प्रहरीको आखाँ छलेर बस भित्र र छतमा क्षमता भन्दा बढी यात्रु राखिनाले दुर्घटना हुने गरेको उनको भनाई छ । केहि पैसाको लागि धेरै यात्रुको ज्यान जोखिममा राखेर कठिन यात्रा गराउने गरिएको छु, राईले भने, त्यस्तोमा यात्रुले समेत आफ्नो सुरक्षाका लागि जोखिम मोलेर सवारी चढ्न नहुने हो ।

कच्ची सडक बाहेक कालोपत्रे गरिएका ठुला राजमार्गमा समेत दुर्घटना भई सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय ईटहरीमा २८ जनाको दुर्घटनामा परि ज्यान गएको छ । पथलैयामा २३, बुटवलमा २६, कोहलपुरमा १४ र अत्तरीया क्षेत्र अन्तर्गत ३६ जनाले ज्यान गुमाएका छन् । काठमाडौं उपत्यकामा भने यो पटक दुर्घटनाको संख्यामा कमी आएको छ । यो बर्ष काठमाडौं, ललितपूर र भक्तपुरमा सवारी दुर्घटनामा परी एक महिला, पूरुष र बालिका सहित ३ जनाको मात्र ज्यान गएको छ । अघिल्लो बर्षको दशैंमा ८ जनाको ज्यान गएको थियो । ट्राफिक महाशाखाले लागु गरेको मादक पदार्थ सेवन (मापसे) अभियानका कारण राजधानीमा दुर्घटनामा ज्यान गुमाउनेहरु कमी भए ।

महाशाखाका कर्मचारीहरु दशैंको टीकाको दिन समेत दिनरात नै सडकमा चेकिङ गरिरहेका भेटिन्थे । महाशाखा प्रमुख नायब महानिरीक्षक (डीआईजिपी) केशब अधिकारीले मापसे चेकजाँचमा कडाई गरिएकै कारण राजधानीमा दुर्घटनामा कमी भएको बताए । यसअघिका दशैंमा मापसे गरेर सवारी चलाउँदा ठुला दुर्घटना भएर ज्यानै गएको खबर सुन्नु पथ्र्योु उनले भने यो पटक त्यस्तो भएन । यस्तै सरकारले आसन्न सार्क सम्मेलनका लागि तयार पारेको पक्की सडकका कारण समेत दुर्घटनामा कमी आएको जानकारहरु बताउँछन् । बस, ट्रक, जीप कार र मोटरसाईकलको दुर्घटना भए पनि मानबिय क्षति भने त्यति ठुलो भएन ।

तर उपत्यका बाहिर भने सडक कालोपत्रे गरिएकै स्थानमा समेत ठुला दुर्घटनाहरु भए । राजमार्गमा निजी तथा सार्वजानिक सवारी साधनहरु उल्लेख्य मात्रमा दुर्घटना भएका छन् । सडक खाली देखेर गाडी तिब्र गतिमा हुन्छु दशैंमा चितवन गएर आएका एक यात्रुले भने ८० को स्पिडमा गाडी हुन्छ, बाटोमा अचानक खाल्डो देखिन्छ, त्यो बेला रोक्न र गति कम गर्न नमिलेपछि मोड्न खोज्दा दुर्घटना हुन्छ । ति यात्रुले राजमार्गका सडक सवारीका लागि असुरक्षित भएको गुनासो गरे ।

प्रहरी मुख्यालयको आंकडा अनुसार सबै भन्दा बढि दुर्घटना चालकको लापरबाहीका कारण भएका छन् । चालकको लापरबाहीका कारण १ सय ५३ वटा दुर्घटना भएका छन् । यस्तै पैदल यात्रुको गल्तीका का।ण १४ वटा दुर्घटना भएका छन् । ओभरटेक गर्दा ८ वटा दुर्घटना भएका छन् । धेरै जसो यात्रुबाहक बसहरु बिच हुने अस्वस्थ प्रतिस्पर्धा र मोटरसाईकल चालकले लापरबाही पुर्व ओभरटेक गर्दा यस्ता दुर्घटन भएको प्रहरीले जनाएको छ ।

तिब्र गतिका कारण १५ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ । यस्तै नेपाल प्र्रहरी र ट्राफिक प्रहरीले कडाई गरेको मादक पदार्थ सेवन पछि सवारी चलाउन रोकमा ८ वटा घटना भएका छन् । सवारी साधनको यान्त्रिक गडबढिका कारण ७ वटा दुर्घटना भएका छन् । चौपाय, गाई, भैसी, कुकुर जस्ता जनावर अचानक सडकमा आईदिदाँ दुई वटा घटना भएका छन् । भत्किएको र खाल्डाखुल्डी भएको सडकका कारण ४ वटा दुर्घटना भएका छन् । कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्
Share: