अफगानिस्तानमा २८ लडाकू मारिए

Share:

अफगानिस्तान– अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिवानी लडाकू मारिएका छन् ।देशको उत्तरी फार्याब प्रान्तमा भएको कारवाहीमा उनीहरूको मृत्यु भएको सैनिक स्रोतले आइतवार जनाएको छ ।

‘तालिवान लडाकूहरूको अखडामा २९ जनालाई लक्षित गरी हवाई आक्रमण भएको थियो, तीमध्ये कम्तीमा २८ जनाको मृत्यु भएको छ,’ सेनाका एक जना प्रवक्ता हनिफ रेजाइले भने ।

उनले सिन्ह्वालाई दिएको जानकारी अनुसार फार्याब प्रान्तको बिलचिराघ जिल्लामा रहेको अखडामा शनिवार राति आक्रमण भएको हो । सुरक्षाकर्मीमाथि आक्रमण गर्ने तयारी गरिरहेका तालिवान लडाकूहरूलाई सुरक्षाकर्मीहरूले नै आक्रमण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: