घुससहित प्रहरीका दुई सई पक्राउ

Share:

काठमाडौँ – नेपाल प्रहरीका दुई नायब निरीक्षक (सई) घुससहित पक्राउ परेका छन्। महानगरीय प्रहरी प्रभाग गौशालमा कार्यरत प्रहरी नायब निरीक्षक रमेशकुमार पाण्डे र राजु स्वर्णकारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई अख्तियारको टोलीले बुधबार बेलुका घुससहित पक्राउ गरेको हो । पक्राउ परेका पाण्डे र स्वर्णकारका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: