वडा अध्यक्षकाे भ्रमण पार्टीले रोक्यो

Share:

बागलुङ– नगर प्रमुखको नेतृत्वमा जापान भ्रमण जान लागेका जैमिनी नगरपालिका–५ का वडाध्यक्ष गोपालप्रसाद शर्मालाई पार्टीले रोकेको छ । शर्मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष हुन् ।

नगरपालिकाको खर्चमा जापान भ्रमण जानु अनुचित भएकाले पार्टीले भ्रमण रद्द गरेको राजमो बागलुङका अध्यक्ष अमर थापाले बताए । ‘द वल्र्ड भिजन’ नामक गैरसरकारी संस्थाको निमन्त्रणामा नगरप्रमुख पौडेलको नेतृत्वमा छ सदस्यीय भ्रमण टोली सोमबार जापान प्रस्थान गर्दैछ ।

नगरपालिकाको खर्चमा नगरप्रमुख ईन्द्रराज पौडेलसहितको टोली जापान भ्रमणमा जाने भएपछि त्यसको आलोचना भइरहेको छ ।
भ्रमणमा बोलाउने संस्थाले जैमिनी नगरपालिकामा विद्यालय भवन निर्माण, एम्बुलेन्सलगायतमा सहयोग गरेको जनाइएको छ ।

उक्त संस्थाबाट थप सहयोग लिन र जापानको विकासबाट केही सिक्न भ्रमण फलदायी हुने नगरपालिकाको दाबी छ । भ्रमणको कार्यसूचीमा जापानको ओसाका नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लाग प्रस्ताव गर्नेसमेत उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: