भदौमा कक्षा १२ को ग्रेड वृद्धि परीक्षा, फारम खुल्यो

Share:

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको आवेदन खुलाएको छ । फारम  भदौ २ गतेसम्म बुझाउन सकिन्छ । परीक्षा भदौ २२ र २३ गते सञ्चालन हुनेछ ।

बोर्डका अनुसार अन्य विषयमा सी प्लस वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा २ विषयमा मात्र सी वा डी प्लस ग्रेड प्राप्त गरेका परीक्षार्थीले ती दुवै वा दुईमध्ये एक विषयमा पुरक परीक्षा दिन पाउनेछन् ।

यसैगरी अन्य विषयमा डी प्लस वा सो भन्दा माथि र बाँकी २ विषयमा डी वा इ ग्रेड प्राप्त गरेका वा अनुपस्थित विद्यार्थीले ती दुवै विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: