
पोखरा । पोखरा महानगरपालिका वडा नं ६ को कार्यालयमा चोरी भएको छ । सोमबार राती १२ बजे चोरी भएको वडाध्यक्ष जगतबहादुर पहारीले जानकारी दिए ।
उनका अनुसार कार्यालयबाट राजस्व संकलनको तथ्यांक रहेको २ वटा कम्प्यूटर चोरी गरिएको छ । मंगलबार बिहान कर्मचारी कार्यालय पुग्दा चोरी भएको थाहा भएको थियो ।
‘सिसिटिभी फुटेज हामीले हेर्यौं, अनुहार सबै नदेखिने तरिकाले आएको रहिछ,’ वडाध्यक्ष पहारीले भने, ‘माहुरीको मह काढ्दा लगाइने कपडा लगाएर आएको देखियो ।’ अनुसन्धानका लागि सो सिसिटिभी फुटेज अहिले प्रहरीले लगेको छ ।
यसअघि पोखराका वडा नम्बर ५, १३, १४,१५ र १६ लगायतका वडा कार्यलयहरुमा चोरीका घटना भइसकेका छन । तर, प्रहरीले चोरी गर्नेको पहिचान भने गर्न सकिरहेको छैन ।
कमेन्ट गर्नुहोस्
