
बाँके । नेपालगन्जको सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा भीषण आगलागी भएको छ। गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् ।
बिहीबार राति सवा ११ बजे लागेको आगो शुक्रबार बिहान ४ बजे मात्र नियन्त्रणमा आएको बाँके प्रहरीले जनाएको छ। ए वान फर्निचरबाट सुरु भएको आगोले आठ वटा फर्निचर उद्योगमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण अहिलेसम्म खुलेको छैन । आगलागीमा तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। एउटा उद्योगको ३० देखि ५० लाख रुपैयाँ क्षति भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तीन वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। क्षतिको विवरण पनि संकलन भइरहेको छ।
