ट्रक दुर्घटनामा एकको मृत्यु, एक घाइते

Share:

नवलपरासी । नवलपरासीको ज्यामिरेमा आजबिहान ट्रक अनियन्त्रितभएर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

विनयीत्रिवेणी गाउँपालीका–२ ज्यामिरेको उकालोमा बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय आरजे०५जिबी ४१६७नं को ट्रक दुर्घटनामा परेको हो । ट्रक आफँै अनियन्त्रितभएर सडकछेउ विद्युत्को पोलमा ठोक्किएर सडकदेखि करीब २० मिटर तल खस्दा चालकभारत उत्तर प्रदेश जोगरा बस्ने ३५ वर्षीय सुल्ताङ सिंहको मृत्यु भएको हो ।

चालक सुल्ताङको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्लाप्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका सहचालक ३१ वर्षीय जोगेन्द्र सिंहको अवस्थाचिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: