ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

Share:

पोखरा ।  पोखराको जिरोकिलोमिटरमा ट्रकले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । बुधवार करिब २ः५० बजे लु १ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिँदा साइकल चालक भारतीय नागरिक ५५ बर्षका रफिक खाँनको मृत्यु भएको हो ।

खाँन भारतको मेघापुर घर भई पोखराको सृजनाचोकमा बस्दै आएका थिए । ट्रकले ठक्कर दिएसंगै खाँनलाई उपचारको लागि मेट्रोसिटि अस्पतालमा लगेसंगै चिकित्सकले उनलाई मृत घोषणा गरेका कस्की प्रहरीले जनाएको छ । खाँनको शव हाल पोष्टमाटमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

ठक्कर दिने ट्रक चालक बाग्लुङ, धम्जा ७ का ३० बर्षीय उजिर बहादुर खत्री र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: