पर्वतको खुर्कोटमा पहिरोले घर पुरियो, सुतेकै अवस्थामा ७० वर्षीय वृद्धको मृत्यु

Share:

पर्वत । पर्वतमा पहिरोले घर पुरिँदा एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोट, बुढीस्वाँरामा पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो ।

बुधबार राति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घरमा सुतेकै अवस्थामा घर भत्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोले पुरिएर बेपत्ता भएका चालिसेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गर्दा शव भेटिएको हो ।

याे पनि – पर्वतमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार सिरक ओढेर सुतेकै अवस्थामा उनलाई पहिरोले पुरेको थियो । श्रीमान–श्रीमतीमात्रै बस्दै आएका उक्त घरमा बुधबार नै रेमबहादुरकी श्रीमती छोरी भेट्न गएकी थिईन् ।

 

कमेन्ट गर्नुहोस्
Share: