
पोखरा । कास्की प्रहरीले लागूऔषध सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई शनिबार पोखरा-९ महेन्द्रपुलमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पोखरा-१० रामबजार बस्ने ४६ वर्षीय कार चालक सुवास गुरुङ, लमजुङ घर भई हाल पोखरा-११ रानीपौवा बस्ने २१ वर्षीय युवराज गुरुङ र सोहि ठाउँ बस्ने २२ वर्षीय आशा गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट नगद रु ९६ हजार ४ सय ५० पनि बरामद गरिएको छ । ग १ च ४८६५ नं. को कारलाई शंका लागेर चेकजाँच गर्ने क्रममा चालक गुरुङको साथमा रहेको कालो झोलाबाट लागूऔषध र पैसा भेटिएको हो ।
नाईट्रोभ्याट १० लेखिएको ट्यावलेट १२० चक्की बरामद गरिएको कास्की प्रहरीले जनाएको छ । शंका लागेर चेकजाँच गर्ने क्रममा झोलाबाट लागूऔषध र पैसा भेटिएको हो । उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि – शंका लागेर जाँच गर्दा पोखराबाट लागूऔषधसहित दुई जना पक्राउ
