पर्वतमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

Share:

पर्वत – पर्वतमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ठक्करबाट जिल्लाको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँकी ५० वर्षीया विष्णुदेवी दर्जीको ज्यान गएको हो ।

शनिबार साँझ साढे ६ बजे स्थानीय दर्जीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मादक पदार्थ सेवन गरी तीन जना सवार ध १ प ३६६६ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी दर्जीलाई उपचारका लागि पोखरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृतक दर्जीको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । मोटरसाइकलमा सवार तीनजना मध्ये पाल्पा घर भई हाल फलेवासमा मजदूरी गर्दै आएका सुमन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य दुई जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: