बर्नलीविरुद्ध लिभरपुलको शानदार जित

Share:

एजेन्सी – इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई हराउँदै अपराजित यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले ३–० गोल अन्तरको शानदार जित हात पारेको हो ।

लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । बर्नलीका क्रिस वुडले आत्मघाती गोल गरेका थिए । लिभरपुलले खेलमा आत्मघाती गोलबाट अग्रता बानाएको थियो ।

यो जितसँगै लिभरपुलले लिगमा लगातार १३ खेलमा जित निकाल्दै अपराजित यात्राको कीर्तिमान बनाएको छ । जितसँगै लिभरपुलले ४ खेलबाट १२ अंक जोडेको छ । र, लिभरपुल शीर्ष स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: