सामसङद्वारा एसफाइभको मूल्यमा व्यापक कटौती

Share:

दक्षिण कोरियाको इलेक्ट्रोनिक सामान उत्पादन गर्ने कम्पनी सामसङले आफ्नो स्मार्टफोन ग्यालेक्सी एसफाइभ र यसको फोरजी भर्सन मोडलको मूल्य व्यापक कटौती गरेको छ ।

सामसङ एसफाइभको मूल्य कम्पनीको आधिकारी अनलाइन स्टोरमा नेपाली रुपैयाँ ७०,२३० रहेको थियो । अब ९,३३६ रुपैयाँ कम गर्दै ६०,८९४ कायम गरेको छ । यस्तै ७३, ५४३ मूल्य पर्ने सामसङ ग्यालेक्सी एसफाइभ फोरजी एलटीई ६५,४४१ मा बिक्रि भइरहेको छ ।

samsung-galaxy-S5

मूल्यमा व्यापक कटौती गरिएको भनिएता पनि सामसङको साइटमा यो फोन ‘नट इन स्टक’ देखाइरहेको छ र ग्राहकहरुले ‘नोटिफाई मी’ मा आफ्नो इमेल आइडी राख्न सक्नुहुन्छ ता कि स्टकमा आएपछि इमेल आइडीमार्फत सूचना प्राप्त गर्न सकून् ।

मूल्यमा कटौती केहि दिनका लागि हो कि सधैँ हो भन्ने विषयमा भने यकिन हुन सकिएको छैन ।

कमेन्ट गर्नुहोस्
Share: