कृषि मन्त्रीमा पनि डेंगुको संक्रमण, देशभर २५ सय जना संक्रमित

Share:

काठमाडौं – कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालमा डेंगुको संक्रमण देखिएको छ । शुक्रबारबाट ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि जचाउन अस्पताल पुगेका खनालमा डेंगुको संक्रमण देखिएको हो ।

डेंगु भएको आशंकामा शुक्रराज अस्पतालमा रगत परीक्षण गराउँदा मन्त्री खनाल डेंगुबाट संक्रमित भएको पुष्टि भएको हो । ग्राण्डी अस्पतालमा बुधबार देखि मन्त्री खनालको उपचार भैरहेको छ । अहिले देशभर डेंगुको प्रकोप बढिरहेको छ ।

देशभरका ४८ जिल्लामा डेंगु फैलिएकोमा अहिले गएको एक महिनामा २५ सय ५९ जनामा डेंगुको संक्रमण रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: