सर्वोच्चले निर्वाचन रोक्ने आदेश दिएसँगै एनओसी निर्वाचन स्थगित !

Share:

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) को कार्य समितिको निर्वाचन स्थगित भएको छ । सर्वोच्च अदालतले निर्वाचन रोक्ने अन्तरिम आदेश दिएसँगै शुक्रबारका लागि तय भएको एनओसीको निर्वाचन स्थगित भएको हो ।

एनओसीले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै भदौ २० गतेका लागि तय भएको निर्वाचन स्थगित गरिएको जनाएको छ । अदालतले चुनाव रोक्न पठाएको पत्र बुझेपछि एनओसीले निर्वाचन रोकेको हो ।

एनओसीको निर्वाचन आयोगले अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: