
काठमाडौं– उपचारका लागि १६ दिन लामो सिंगापुर बसाइ सकेर प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार स्वदेश फर्किएका छन् । ओली मध्याह्न १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
१६ दिन लामो सिंगापुर बसाइका क्रममा उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो । बुधवार उपचार सम्पन्न भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।
ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर पुगेका नेकपा उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल पनि शुक्रवार नै स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली भदौ ४ गते उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए ।
कमेन्ट गर्नुहोस्
