नतिजामुखी काम गर्न सरकार तत्पर रहेको प्रचण्डको भनाई

Share:

इलाम- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकार जनताको हरेक समस्या सम्बोधनका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

इलाममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेको बताए ।

पार्टीमा गुट-उपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुने खतरा रहेको पनि उनले बताए । नेता केन्द्रित र गुट केन्द्रितले आफैँलाई सक्ने भन्दै अध्यक्ष प्रचण्डले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्ने बताए ।

आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै उनले अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: