नेपाल आज कुवेतसँग खेल्दै

Share:

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा आज नेपालले कुवेतसँग खेल्दैछ । आफ्नो दोश्रो खेलमा नेपाल आफु भन्दा तुलनात्मक रुपमा बलियो कुवेतसंग खेल्न लागेको हो।

जोर्डनमा जारी यस छनौटमा नेपालले पहिलो खेलमा जोर्डनसंग ७-० को फराकिलो हार बेहोरेको थियो। नेपाल आज मैदान उत्रदा कुवेतलाई हराउदै पहिलो खेलको नमिठो हार भूलाउने दाउमा हुनेछ। नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार राति १०:४५ मा सुरु हुनेछ ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा कुवेतविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: