
काठमाडौं– बसमा बालिकाको बलात्कार गरेको आरोपमा काठमाडौंमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बालिकामाथि बलात्कारको अभियोगमा बा ४ ख ८२ नम्बर बसका सहचालक ३६ वर्षीय एल्जित राईलाई सोमबार पक्राउ गरेको छ ।
बसमा राईले ११ वर्षीय बालिकामाथि बलात्कार गरेको मेडिकल परीक्षणले समेत पुष्टि गरिसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले अर्की १० वर्षीया बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको देखिएको छ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
