राँके बजारमा लागेको आगो नियन्त्रणमा, ७ वटा घर पूर्ण रूपमा क्षति

257
0
Share:
इलाम,कार्तिक १९ \इलाम र पाँचथरको सिमा राँके बजारमा बुधबार बिहान लागेको आगलागी नियन्त्रणमा आएको छ ।
Rake_bazar_Fire_
राँके बजारका विष्णु मुखियाको घरबाट बिहान साढे ८ बजेबाट शुरु भएको आगोबाट ७ वटा घर जलेर नष्ट भएका छन । आगो नियन्त्रणमा लिन ४ वटा घर भत्काइएको छ ।
आगलागीबाट बजारका कर्ण गुरुङ, नेत्र लामिछाने, प्रेम चेम्जोङ बिष्णु मुखिया, राजेन्द्र गौतम र सुकबहादुर चेम्जाङको घर जलेर नष्ट भएको प्रहरी प्रहरी चौकी राँकेका सई महेन्द्र पराजुलीले जानकारी दिए ।
आगो नियन्त्रणमा लिने क्रममा रामदेब रार्इ, मुक्ति आचार्य, देउमान तामाङ र माङ्देल तामाङको घर भत्काइएको छ । आगो जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका हुन् ।
दमकल पुग्न ढिलार्इ
बिहानबाट आगो नियन्त्रणमा लिन इलामबाट गएको दमक करिब २ घण्टापछि मात्र घटनास्थलमा पुगेको थियो । स्थानीय र सुरक्षाकर्मीले आगो नियन्त्रण लिइसकेको अवस्थामा दमकल पुगेको हो । आगो निभाउन ब्यस्त सुरक्षाकर्मीलाई ढिला पुगेको दमकलले सहयोग गरेको थियो ।
इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक लालध्वज सुवेदीले राँके बजारको माथिल्लो भागमा धेरै क्षति भएको बताए । जलेका घरका सबै सामान नष्ट भएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Share: