
एजेन्सी। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ। शनिबार राती भएको खेलमा बार्सिलोना ग्रानडासंग २-० ले पराजित भएको हो ।
ग्रानडाको मैदानमा भएको खेलमा बार्सिलोनाले खेल सुरु भएको २ मिनेटमै गोल खाएको थियो। रोमन अजिजको हेड गोलबाट ग्रानडाले अग्रता लिएको थियो।
पहिलो हाफमा एक गोल गरेको ग्रानडाले दोश्रो हाफमा थप एक गोल गर्यो। ६६ औ मिनेटमा अल्भारो भाडिलोले पेनाल्टीमा गोल गर्दै टोलीको जित निश्चित गरेका थिए ।
दोस्रो हाफमा बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भाल्भर्डेले लियोनल मेस्सी र अंशु फातीलाई मैदानमा उतारेका थिए । तर दुई महत्वपुर्ण खेलाडी मैदान उतारेपनि बार्सिलोनाले हार टार्न सकेन ।
बार्सिलोना ७ अंक सहित तालिकाको सातौ स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
