
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।
यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको छ ।
बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरेको थियो ।
परीक्षाफल कसरी हेर्ने ?
कमेन्ट गर्नुहोस्

