
काठमाडौं – कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षा आगामी कात्तिक ३० र मंसिर १ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले दुई विषयमा मात्र ग्रेड वृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको जनाएको छ ।
ग्रेड वृद्धि परीक्षामा सहभागी हुन परीक्षार्थीहरूले सम्बन्धित विद्यालयका प्रधानाध्यापक÷प्राचार्यबाट प्रमाणित गराई कात्तिक २२ गतेभित्र परीक्षा आवेदन फाराम बुझाउनु पर्नेछ ।
बोर्डले मंगलबार कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको छ ।
बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरेको थियो ।
कमेन्ट गर्नुहोस्

