
काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन नंया नेतृत्वले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।
मन्त्री विष्टले विकासमा सरकारसँग सहकार्य गर्न व्यवसायीलाई आग्रह गरेका छन्। वैदेसिक रोजगार व्यवसायी संघको २७ औं साधारणसभामा बोल्दै मन्त्री विष्टले व्यवसायी र आम जनताको समस्या पनि सरकारले सुन्नै पर्ने बताए ।
रोजगारीका खोजीमा लाखौँ युवा बाहिरिएका र ती युवाको जीवन सुरक्षित बनाउने काम सरकारले गर्नुपर्ने मन्त्रि विष्टले बताए।
वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता गरेको सन्दर्भ पेश गर्दै उनले आप्रवासन क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यातिद बनाउन जरुरी रहेको बताए ।
व्यवसायीलाई दुःख दिने सरकारको नियत नरहेको प्रष्ट पार्दै उनले सरोकारवाला निकायको तर्फबाट कुनै कमजोरी भए तत्काल सुधार गरिने प्रतिबद्धता व्यक्त गरे ।
