स्पीच मेकर २०१९ : पब्लिक स्पीकर कन्टेस्टमा अनिष भट्टराई छनौट

Share:

पोखरा । ग्लोबल रिच एजुकेशन कन्सल्टेन्सी र रियल नेपाल अनलाइन टिभीको संयुक्त आयोजनामा भएको मावि स्तरीय स्पीच मेकर २०१९स् पब्लिक स्पीकर कन्टेस्ट मा अनिष भट्टराई प्रथम हुन सफल भएका छन् । भट्टराई पोखराको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा कक्षा ११ मानविकी संकायमा अध्ययनरत छात्र हुन् ।

प्रतियोगितामा कक्षा ११ मानविकी संकायकी अनिता केसी द्वितीय भएकी छन् भने ११ कक्षाकै कानुन संकायकी रितिका आचार्य तृतीय हुन सफल भइन् । प्रतियोगितामा कूल ११ जना सहभागी थिए ।

युवा विद्यार्थीहरुको बोल्ने कलालाई विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्रथम भएका भट्टराईले ट्रफी प्रमाण पत्र सहित जिल्ला स्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्ने अवसर प्राप्त गर्न सफल भए । यस्तै द्वितीय र तृतीय हुने केसी र आचार्यले भने ट्रफी सहित प्रमाण पत्र प्राप्त गरे ।

उनीहरुलाई विद्यालयका प्रधानाध्यापक ताराबहादुर घिमिरे, आयोजक संस्थाका सागर बाबु गिरी र शुसिल ज्वारचनले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । विभिन्न विद्यालयबाट सफल भएका विद्यार्थीहरु बीच हुने गरि पब्लिक स्पीकर कन्टेस्टको जिल्ला स्तरीय प्रतियोगिता भने दशैँ लगत्तै हुने आयोजकले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: