
एजेन्सी। घरेलु मैदानमा फ्रेन्च क्लब लिग वनमा साविक विजेता पेरिस सेन्ट जर्मेनले हार ब्यहोरेको छ । बुधबार राति भएको खेलमा पीएसजी रिम्ससँग २–० ले स्तब्ध बन्यो । पिएसजीको सिजनको लिगमा दोश्र हार हो।
खेलको २९ औं मिनेटमा कामाराको गोलमा रिम्सले अग्रता बनाएको थियो । रिम्सको लागि खेलको इन्जुरी समयको तेस्रो मिनेटमा फोकेटको पासमा डीयाले गोल गरे । यो हारले पीएसजीलाई लिगमा तीन अंकको अग्रता बनाउने सुनौलो मौका गुमेको छ । उसको सात खेलमा १५ अंक छ ।
कमेन्ट गर्नुहोस्
