नेपाल खेल्ने सिरिज लाइभ हुने, यसरि हेर्न सकिन्छ लाइभ

Share:

काठमाडौं । नेपालले प्रतिस्पर्धा गर्न लागेको तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज प्रत्यक्ष प्रशारण हुने भएको छ ।
सिंगापुर क्रिकेट एसोसिएसनले नेपाल, सिंगापुर र जिम्बावेबीच हुने सिरिज प्रत्यक्ष प्रशारण हुने जनाएको छ ।

सिरिजका लागि नेपाली टिम सिंगापुर पुगिसकेको छ । नेपालले शुक्रबार जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । नेपाल र जिम्बावेबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

यस्तै शनिबार नेपालले सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ ।

यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

खेल सुरु भएपछी यहाँ क्लिक गरि खेल हेर्न सक्नुहुनेछ।

कमेन्ट गर्नुहोस्
Share: