
पोखरा। घटस्थापनाको दिन असोज १२ गते आइतबार गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गण्डकी प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।
क्षत्री समाजलगायतले घटस्थापनामा बिदा दिन मुख्यमन्त्री पृथ्बीसुब्बा गुरूङलाई ज्ञापन पत्रसमेत बुझाएका थिए।
कमेन्ट गर्नुहोस्
