
बुटवल। नेपालि कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन थापाले सरकार सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। बुटवलमा कार्यकर्ता भेलामा बोल्दै थापाले दशैँ तिहारपछि सरकारविरुद्ध नागरिक सडकमा उतार्ने बताए।
सरकारले कानुन बनाएरै नागरिकको मौलिक हक, सम्पतिमाथिको हक खोस्ने तयारी गरेको थापाले आरोप लगाए।
संसदमा बहुमत छ भन्दैमा एकपछि अर्को गर्दै सरकारले नागरिकका अधिकार खोसिरहेको भन्दै नेता थापाले सरकारको प्रतिरोधको लागि तयार हुन कार्यकर्तासँग आव्हान गरे।
नेकपाले कार्यकर्तालाई व्यक्तिमाथि आक्रमणमा उतार्न थालेको भन्दै उनले लोकतन्त्रमा सबैले सबै प्रकारका विचार राख्न पाउनुपर्ने समेत बताए।
कमेन्ट गर्नुहोस्
