आज ज्येष्ठ नागरिक दिवस, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

Share:

काठमाण्डौ।  ज्येष्ठ नागरिकहरूको जीवनलाई सम्मानित, सुखमय बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् ।

ज्येष्ठ नागरिक दिवस (१ अक्टोबर) को अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकहरूको सुखी जीवनका लागि हार्दिक शुभकामना पनि व्यक्त गरिन् ।

राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा भनिएको छ, ‘ज्येष्ठ नागरिक ज्ञान र अनुभवका महत्त्वपूर्ण स्रोत भएकाले राज्यले उनीहरूको ज्ञान र अनुभवलाई समुचित उपयोग गर्नतर्फ ध्यान दिनु जरुरी छ।’

उनले सन्देशमा नेपालको संविधान, कानुन र नीतिहरूले ज्येष्ठ नागरिकको हक अधिकारलाई संरक्षण गरेको चर्चा गर्दै जसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने टड्कारो आवश्यकतामा जोड दिएकी छन् ।

कमेन्ट गर्नुहोस्
Share: