पोखराको सामसुङ गल्लीमा खुल्यो ‘पालमोश क्युटर’, चाडपर्वमा २० प्रतिशत छुट

Share:

पोखरा । रेडिमेड कपडाका लागि पोखराको सामसुङ गल्लीमा पालमोश क्युटर सञ्चालन मा आएको छ । महिला उद्यमी अनुरुप्ता शाहा र श्रीया केसीको संयुक्त लगानीमा सो पसल संचालनमा आएको हो ।

संघीय राजधानी काठमाण्डौमा करिब दुई वर्ष अगाडी सञ्चालनमा आएको व्यवसायलाई पोखरामा पालमोशको रुपमा पहिलोपटक सुरुवात गरेको सञ्चालक शाहाले जानकारी दिएकी छन्।

महिला तथा युवतीहरुलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याएको पालमोशमा विषेशत रेडिमेड वयरहरु सारी, कुर्ता, टप्स, लेहेङ्गा तथा कल्चर अनुसार सबै प्रकारका सामान उपलब्ध रहेको छ।

पोखराको बजार र मार्केट सुहाउँदो रुपमा आफूहरुले व्यवसाय सुरु गरेको उनले बताइन् । पालमोशमा दशैं र तिहारलाई मध्यनजर गर्दै ओपनिङ्ग सिजनमा २० प्रतिशत छुट रहेको सञ्चालक केसीले जानकारी दिएकी छन्।

पोखराको मार्केट अनुसार पालमोश मार्फत आफूले ग्राहकहरुलाई सेवा दिने सञ्चालकद्वय शाहा र केसीले बताए ।

कमेन्ट गर्नुहोस्
Share: