कास्कीकोट गुप्तकालीका मन्दिरमा भित्र्याइयाे फुलपाती

Share:

पोखरा। कास्की जिल्लाको ऐतिहासिक ठाउँ कास्कीकोट गुप्तकालीका मन्दिरमा सप्तमीको दिन फुलपाती प्रवेश गराइएको छ । पोखराको रामघाटबाट लिएर गएको फुलपत्र मन्दिर प्रवेश गराइएको हो ।

प्राचीन हातहतियार ढाल तरवार खुडा खुकुरी सहित कुवँरहरुले सरुन खेल प्रर्दशन गरेको गुप्तकाली धार्मीक क्षेत्र विकास समितीका सचिव ठाकुर प्रसाद त्रिपाठी जानकारी दिए ।

घटस्थापना देखि यस मन्दिरमा विशेष पुजा पाठ भईरहेको छ । कोतमै बसेर विभिन्न जातका पूजारीहरु मन्दिरमा दशमीसम्म पुजा गर्ने प्रचलन रहको छ ।

विभिन्न बाजा, टयान्को, सनाई, दमाहा, नरसंीहा, ठुलो धोप, सानो धोप, सारङगी लगायतका बाजा को धुनमा कुवँरहरुले आफ्नो सैनीक कला प्रर्दशन गरेका छन् ।

सप्तमिको दिनको घाम अस्ताउने बेलमा डोलीलाई विधिपूर्वक कोतमा लगिन्छ र अष्ठमीको मध्यरातमा कालरात्रीको पुजा गरिन्छ । यस्तै नवमीको दिनमा पञ्चवलीहरु दिन कास्की, स्याङजा, तनहुँ, पर्वत, चितवन देखि मानिसहरु यहाँ आउने गर्दछन् ।

कमेन्ट गर्नुहोस्
Share: