दशैंमा किन लगाइन्छ अक्षता र जमरा ? (भिडियो)

Share:

पोखरा । दशैंमा दही र अबिरसहितको अक्षता र जौंको जमरा लगाउने चलन छ । जौंलाई स्वास्थ्यको दृष्टिले धेरै पौष्टिक मानिन्छ ।

जमरामा जौंको प्रयोग अनिवार्य मानिन्छ । जौंको साथै मकै, गहुँ र धानलाई पनि जमराको रुपमा राख्ने चलन छ ।

जानकारवालाका अनुसार उच्च रक्तचाप, क्यान्सर एवम् चिनी रोग जस्ता रोगहरुका बिरामीले सात वा नौदिनको जमरा पिसेर झोल बनाएर सेवन गरेमा फाइदा पुग्छ ।

दशैंमा किन लगाइन्छ दही अक्षता र जमरा ? भिडियोमा हेर्नुहोस::

 

कमेन्ट गर्नुहोस्
Share: