तीन नेपाली बलरहरु पहिलो पटक आईसीसीको वरियतामा

Share:

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक आईसीसीको टी(ट्वान्टी क्रिकेटको वरियतामा अटाएका छन् । सन्दीपसँगै करण केसी र अविनाश बोहरा पनि टी(ट्वान्टी क्रिकेटको वरियतामा अटाएका छन् ।

आईसीसीले अपडेट गरेको नयाँ वरियताको बलिङतर्फ सन्दीप ६४ औं स्थानमा रहेका छन् । सन्दीपले ४२२ रेटिङ अंकपाएका छन् । नेपाली बलरहरुमा सन्दीप शीर्ष स्थानमा छन् ।

यस्तै ३७७ रेटिङ अंकपाएका करण ८३ औं स्थानमा रहेका छन् । ३५२ रेटिङ अंक पाएकाअविनाश १०० औं स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्
Share: