कस्तो छ त आजको मौसम ?

471
0
Share:

पोखरा।  आज देशको पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोपख देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पहाडी भेगको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहको महाशाखाले जनाएको छ ।

आज राति पनि देशको पहाडी भूभागमा आंशिंक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहने मौसमविदले बताएका छन् । बाँकी भूभागमा रातीको मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: