
लमजुङ। लमजुङमा शुक्रबार भिरबाट खसेर एकको ज्यान गएको छ। लमजुङ क्वहोलासोथर गाउँपालिका(२ मालिङ बस्ने ५० वर्षीय लाल बहादुर सुनारको भिर बाट खस्दा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
पोखरी टोलबाट आफ्नै घरमा जाने क्रममा क्वहोलासोथर गाउँपालिका(२ मालिङस्थित रहेको भिरबाट खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो। भीरबाट करिब १०० मिटर तल खस्दा उनको मृत्यु भएको प्रहरी कार्यालयले जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
