
काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले सुपर ओभरको नियम परिवर्तन गरेको छ । दुबईमा सोमबार बसेको आईसीसीको बैठकले सुपर ओभरको नियम परिवर्तन गरेको हो । बोर्ड बैठकले सेमिफाइनल र फाइनल खेलका लागि सुपर ओभरको नयाँ नियम बनाएको छ ।
नयाँ नियम अनुसार सुपर ओभर पनि बराबर भए पुनः सुपर ओभर खेलाइनेछ । दुई मध्ये एक टिमले सुपर ओभरमा बढी रन नबनाएसम्म पुनः सुपर ओभर खेलाउने आईसीसीले नियम बनाएको हो ।
यसअघि सुपर ओभर बराबरी भए सर्वा्धिक बाउण्ड्रीका आधारमा विजयी घोषणा गरिने नियम थियो ।
कमेन्ट गर्नुहोस्
