
काठमाडौं । विश्वकप छनोट खेल्न करिब दुई साता बढी देश बाहिर रहेको राष्ट्रिय फुटबल टिम आज (बिहिबार) स्वदेश फर्कदैछ । छनोटको अवे खेल खेल्न अष्ट्रेलिया र जोर्डन पुगेको नेपाली टिम साँझ साढे ६ बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
एक साता अघि अष्ट्रेलियासँग प्रतिस्पर्धा गरेर नेपाली टिम जोर्डन पुगेको थियो । नेपाली टिमले अष्ट्रेलियासंग ५–० र जोर्डनसंग ३–० को हार ब्यहोरेको थियो ।
अष्ट्रेलिया र जोर्डनसंगै नेपालले विश्वकप छनोटको अवे खेल सम्पन्न गरेको छ । नेपालले समुह चरणका बाँकी खेल अब घरेलु मैदान दशरथ रंगशालामा खेलाउनेछ ।
कमेन्ट गर्नुहोस्
