एनआरएनएको अध्यक्षमा पन्त विजयी

921
0
Share:

काठमान्डौ।  गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन् ।

यस्तै एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् । औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए ।

बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो ।

विजयी पन्तले सबैलाई मतगणना स्थलमा उपस्थीत हुन आव्हान गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: