तनहुँमा साढे एकलाखसहित १० जुवाडे पक्राउ

Share:

तनहुँ । तास खेलिरहेको अवस्थामा एक लाख ५३ हजार रुपैयाँसहित तनहुँमा १० जुवाडे पक्राउ परेका छन्। तास खेलिरहेको अवस्थामा भानु–३ तुरतुरेका दिनेश विष्टको घरबाट प्रहरीले जुवाडे टोलीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भानु नगरपालिका–३ का ३४ वर्षीय दिनेश विष्ट, ५० वर्षीय राजन गुरुङ, ३६ वर्षीय प्रकाश सुनार, २९ वर्षीय श्रीराम आले, गोरखा पालुङटार नगरपालिका–५ का ५० वर्षीय कुमार भनिने चित्र बहादुर गुरुङ, सोही स्थानका ३३ वर्षीय प्रकाश परियार, पालुङटार नगरपालिका–६ का ३९ वर्षीय श्रीभद्र गुरुङ, ४१ वर्षीय मनिराज गुरुङ, ४८ वर्षीय सन्त बहादुर नेपाली र पालुङटार–४ का ५३ वर्षीय नविन्द्र सिंखडा रहेको प्रहरीले जनाएको छ।

विष्टको घरमा जुवा खेल्ने कार्य भइरहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेको प्रहरी टोलीले जुवाडेलाई नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: